अदालतमा सुनुवाइ : फैसलाकै प्रतीक्षामा हजारौं मुद्दा

असार ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
अदालतमा सुनुवाइ : फैसलाकै प्रतीक्षामा हजारौं मुद्दा

काठमाडौं । अदालतहरुले मुद्दा फैसलाको दरलाई बढाए पनि समयमै सुनुवाइ गर्न सक्दा हजारौं मुद्दा फैसलाको प्रतीक्षामा छन् ।

सर्वोच्च अदालतले यस वर्ष अहिलेसम्मकै धेरै १५ हजारभन्दा बढी मुद्दा फर्छ्योट गरेको छ । कुल मुद्दाको ३७ प्रतिशत मुद्दाको फैसला गरेको सर्वोच्चले अझै २५ हजार ७ सयभन्दा बढी मुद्दा फर्छ्योट गर्न बाँकी छ ।

आगामी दुई वर्षमा पाँच वर्ष पुराना मुद्दा शून्यमा झार्ने लक्ष्यसहित शुक्रबारसमेत पूरै दिन इजलास राखेर सुनुवाइ गरे पनि २५ हजारभन्दा बढी मुद्दाको सुनुवाइ हुन सकेको छैन ।

गत आर्थिक वर्षबाटै यस वर्ष सरेका उच्च अदालतका २५ हजार पाँच सय र जिल्ला अदालतका एक लाख १४ हजार पाँच सय मुद्दामध्ये ५० प्रतिशतभन्दा बढीको सुनुवाइ नै हुन सकेको छैन ।

सर्वोच्चलगायत तीनै तहका अदालतले समयमै न्यायनिरुपण गर्न नसक्दा मुद्दाको संख्या मात्रै बढेको छैन, न्यायालयप्रति सेवाग्राहीको विश्वास बढाउनसमेत चुनौती थपिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.