सिमलतालमा बस दुर्घटना : शोकमा रौतहटको सिसवा गाउँ

असार २८, २०८१ |राजेश्वर पाण्डे
सिमलतालमा बस दुर्घटना : शोकमा रौतहटको सिसवा गाउँ

रौतहट । काठमाडौंबाट रौतहट जाँदै गरेको यात्रुवाहक बस पहिरोमा परेर बेपत्ता भएको खबरले रौतहटको गरुडा नगरपालिका ९, सिसवा गाँउ शोकमा डुबेको छ ।

यो गाउँका पाँच यात्रु बसमा यात्रारत थिए। तीमध्ये बसको झ्यालबाट हाम फालेर ज्यान जोगाएका जुगलकिशोर यादव घाइते हुनुहुन्छ भने बाँकी चार जनाको अवस्था अज्ञात छ ।

त्यसमा दुईजना बालबालिका छन् । बस पहिरोमा पर्दा हाम फालेर ज्यान जोगाउनुभएका यादव आफ्नी छोरी र नातिनीको उपचार गराई घर फर्किंदै हुनुहुन्थ्यो । एउटै गाउँका चारजना बेपत्ता भएसँगै सिंगो गाउँ शोकमा छ ।

विस्तृत भिडियोमा :

यो पनि...

त्रिशूलीमा खसेका दुवै बस र यात्रीको अवस्था अज्ञात, उद्धारकार्य भोलि बिहानसम्मलाई स्थगित


Image

राजेश्वर पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजन रौतहट संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement