‘सामाजिक सद्भाव खल्बल्याउने गतिविधि बढेकाले नियमन गर्न सामाजिक सञ्जाल विधेयक ल्याइयो’

माघ २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
‘सामाजिक सद्भाव खल्बल्याउने गतिविधि बढेकाले नियमन गर्न सामाजिक सञ्जाल विधेयक ल्याइयो’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सद्भाव खल्बल्याउने गतिविधि बढेकाले नियमन गर्न सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको बताउनुभएको छ ।

भक्तपुरमा आज रफत सञ्चार क्लबको १५ औं वाषिकोत्सव कार्यक्रममा मन्त्री गुरुङले नेपालमा साइबर अपराध बढेकाले पनि त्यस्ता प्रवृत्ति नियन्त्रण गर्न विधेयक चाहिएको स्पस्ट पार्नुभयो ।

उहाँले 'समृद्ध नेपाल र सुखी नेपाली' को लक्ष्यलाई ध्यान दिँदै मौजुदा कानुनलाई सुधार गरेर नयाँ नीति तथा कार्यक्रम तर्जुमा गर्न अध्यादेश ल्याएको स्पस्ट पार्नुभयो। भ्रष्टाचार तथा कुशासनको अन्त्य गर्न पनि विद्यमान कानुनमा सुधार गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ । 

मन्त्री गुरुङले सूचना प्रविधि र एआईलाई उद्योगको रुपमा विकास गर्न पनि ऐन, नियमको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement