रारा तालमा डुबेर युवकको मृत्यु

असार २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
रारा तालमा डुबेर युवकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

मुगु । रारा तालमा डुबेर एक युवकको मृत्यु भएको छ ।

रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत राजु घिमिरेका अनुसार बिहीबार दिउँसो छायानाथ रारा नगरपालिका कार्कीबाडाका अन्दाजी २०/२१ वर्षीय शिशिर रावल रारा तालको पूर्वपट्टि ठाकुरनाथको मन्दिरनजिक डुबेको अवस्थामा फेला परेका थिए । गाउँले साथीसँग तालमा पौडी खेल्ने क्रममा रावलको डुबेर मृत्यु भएको हो ।

निकुञ्ज कार्यालयले तालमा माछा मार्न र पौडी खेल्न प्रतिबन्ध लगाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.