ललितपुरका मेयर चिरिबाबु महर्जनलाई बयानका लागि अख्तियारले बोलायो

असार २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
ललितपुरका मेयर चिरिबाबु महर्जनलाई बयानका लागि अख्तियारले बोलायो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनलाई असार २६ र २८ गते बयानका लागि बोलाएको छ । दिउँसो १२ बजेर ४४ मिनेटमा प्रमुख महर्जनले अख्तियारको पत्र बुझ्नुभएको हो ।

पहिरोपीडितलाई दिइएको राहत र प्रेस संयोजक नियुक्तिमा अख्तियारले प्रश्न उठाएको छ । २०७८ सालमा वडा नम्बर २४ स्थित धापाखेलमा गएको पहिरोका प्रभावितलाई महानगरले एक लाख ५० हजारदेखि साढे दुई लाखसम्म उपलब्ध गराएको थियो । प्रमुख महर्जनले भने अख्तियार आयुक्त सुमित्रा अमात्यले रिसिइबी साँधेको प्रतिक्रिया दिनुभएको छ ।

महानगरले बुधबार मात्रै अमात्यको ललितपुरको चाकुपाटस्थित सरस्वती मन्दिर, देवालय परिसर अतिक्रमण गरी बनाइएको घरको गेट तथा पर्खाल भत्काएको थियो ।

महानगर प्रमुख महर्जन स्वय‌ंको उपस्थितिमा अतिक्रमित संरचना भत्काइएको थियो । तर, अमात्य परिवारले भने महानगरले अतिक्रमण नभएको संरचनासमेत भत्काएर दु:ख दिएको गुनासो गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.