नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ७ दिन थुनामा राख्न अनुमति

असार १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ७ दिन थुनामा राख्न अनुमति

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ७ दिन थुनामा राख्नका लागि म्याद थपिएको छ ।

दोस्रो चरणको अनुसन्धानका क्रममा झा पक्राउ परेका हुन् । उनलाई आइतबार नै प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं मार्फत जिल्ला अदालत काठमाडौंबाट हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउने अनुमति लिएको हो ।

झाविरुद्ध लिखित किर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराध मुद्दामा प्रहरीले अनुसान्धान गर्नेछ । उनी पक्राउसँगै भुटानी शरणार्थी प्रकरणको अन्य राजनीतिक संलग्नता खुल्न सक्ने प्रहरीको अपेक्षा छ । त्यस्तै आइतबार नै सोही मुद्दाका अर्का फरार प्रतिवादी प्रतीक थापालाई पनि प्रहरीले अदालतमा पेस गरेको छ । 

पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीकविरुद्ध यसअघि नै अनुसन्धान भएर मुद्दा दायर भइकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.