गुल्मीको मालिकामा पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु

असार १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
गुल्मीको मालिकामा पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु

गुल्मी । अविरल वर्षापछि आएको पहिरोले गुल्मीमा ४ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । मालिका गाउँपालिका–६ अर्जे, ठाँटीस्थित भेषबहादुर विकको घर पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु भएको र १ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी राजन भुजेलले बताउनुभयो ।

मालिका ६ का वडाध्यक्ष दीपक भण्डारीकाअनुसार पहिरोले भेषबहादुर विक, उनकी श्रीमती सुन्तली विक, बुहारी सीता विक, नातिनी सपना विक र विपना विकलाई पुरेको हो । उनीहरूमध्ये ४ जनाको शव निकालिएको र सुन्तली विकको भने खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

गएराति आएको अविरल वर्षाले राति नै पहिरो गएको र जानकारी पाएपछि ईश्मा प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी टोली खटिएको एसपी भुजेलले बताउनुभयो । सदरमुकाम तम्घासबाट पनि नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.