गाई फर्म बनाउने भन्दै वन फडानी, ठूलो परिमाणको काठ रातारात गायब

असार १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
गाई फर्म बनाउने भन्दै वन फडानी, ठूलो परिमाणको काठ रातारात गायब

दोलखा । दोलखामा गाई फर्मको नाममा अवैध सम्झौता गरेर ठूलो परिमाणमा रूख कटान गरेर बनाइएका संरचनामा प्रयोग भएको काठ रातारात गायब पारिएको छ ।

दोलखाको भीमेश्वर नगरपालिका-८ र ९ को ६ वटा सामुदायिक वनको १५ सय हेक्टर वन क्षेत्र कब्जा गरेको कालिन्चोक गाई फर्म तथा रिसर्च सेन्टरले बन फडानी गरेको काठ सोही फर्ममा प्रयोग भएको फेला परेको थियो । वन फडानीको समाचार बाहिर आएपछि फर्ममा प्रयोग भएको ठूलो परिमाणको काठ गायब पारिएको छ । 

गत असार ४ गते फर्मका संरचनामा प्रयोग भएका काठको पुर्जीसहितका कागजात डिभिजन वन कार्यालयले माग गरेपछि काठ गायब गरिएको हो ।

गाई फर्म बनाउने भने पनि ठूलो मात्रामा ठिङ्ग्रे सल्ला फडानी गरेर बाख्रा फर्म बनाउन प्रयोग भएको खुलेको छ । यसैबीच दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले अवैध सम्झौता तत्काल खारेज गरी कारबाही प्रक्रिया अघि बढाउन वन कार्यालयलाई निर्देशन दिएको बताउनुभएको छ । 

प्रारम्भिक अनुसन्धानमा फर्मले ६ वटा सामुदायिक वनसँग गैरकानुनी सम्झौता गरेर ३ वटा सामुदायिक वनको मात्रै ५० हजार क्युफिट भन्दा बढी काठ कटान भएको देखिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.