मनसुनी वर्षासँगै अस्पतालहरूमा पानीजन्य रोग तथा सङ्क्रमणका बिरामी बढे

जोखिम थप बढ्न सक्ने भन्दै खाना र पानीमा सतर्कता अपनाउन चिकित्सकको सुझाव
असार १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
मनसुनी वर्षासँगै अस्पतालहरूमा पानीजन्य रोग तथा सङ्क्रमणका बिरामी बढे

काठमाडौं । मनसुनी वर्षासँगै यससँग सम्बन्धित रोगहरूको जोखिम बढ्न थालेको छ । अस्पतालहरूमा पानीजन्य रोग तथा सङ्क्रमणहरू लिएर बिरामीहरू आउने क्रम सुरु भएकाले सतर्कता अपनाउन चिकित्सकले सुझाएका छन् ।

बर्खाको समयमा दूषित पानीका कारण झाडापखाला, टाइफाइड, ज्वरो आउने, टाउको दुख्ने, जन्डिस तथा छालासम्बन्धी समस्या लिएर अस्पताल पुग्ने बिरामीहरू बढ्न थालेका छन् । वर्षाको समयमा खाना तथा पानीमा  हेलचेक्र्याइँ गर्दा पानीजन्य रोगको सङ्क्रमण बढ्ने चिकित्सक बताउँछन् । यसको जोखिम अझै बढ्न सक्ने भएकाले सतर्कता अपनाउनसमेत उनीहरूले सुझाएका छन् । 

पानीजन्य रोगको सम्भावित जोखिम न्यूनीकरण गर्न ७ वटै प्रदेशमा सरोकारवाला निकायहरूसँग छलफल थालिसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । त्यसबाहेक चिकित्सकसहित प्रत्येक प्रदेशमा निदानदेखि उपचारका लागि १० जनाको रेपिड रेस्पोन्स टिमको समेत व्यवस्था गरेको महाशाखाले जनाएको छ ।

झाडापखाला, ज्वरो, टाउको दुख्ने, लगायत समस्या देखिएमा तत्काल अस्पताल तथा स्वास्थ्य संस्थामा चिकित्सकले सुझाव दिएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.