पहिरोले पुरिएर जाजरकोटमा एक बालकको मृत्यु

असार १७, २०८१ |सरोज वली
पहिरोले पुरिएर जाजरकोटमा एक बालकको मृत्यु

जाजरकोट । जाजरकोटमा पहिरोले पुरिएर एक बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा भेरी नगरपालिका-५ इबरका रमेश विकका ५ वर्षीय छोरा प्रिन्स रहेका छन् । गए राति परेको अविरल वर्षाका कारण  आएको पहिरोले घर पुर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख (डिएसपी) पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभयो । 

पहिरोमा परी प्रिन्सका बुवा घाइते हुनुभएको छ । उहाँलाई उद्धार गरी थप उपचारका लागि जिल्ला अस्पताल जाजरकोटमा ल्याइएको प्रमुख पाण्डेले जानकारी दिनुभयो ।

६ जनाको परिवारमा अरु सबै सकुशल रहेको प्रहरीले बताएको छ ।


Image

सरोज वली

वली कान्तिपुर टेलिभिजनका जाजरकोट प्रतिनिधि हुन् ।