काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले छाउपडीमा बसेकी अछामकी बालिकामाथि भएको घटनाबारे जवाफ दिन गृहमन्त्रीलाई ध्यानाकर्षण गराउनु भएको छ ।
राष्ट्रिय सभाको आजको बैठकमा सदस्यहरुले उठाएका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै घटनाबारे सभालाई जानकारी दिन गृहमन्त्रीलाई निर्देशन दिनुभएको हो।
‘आजको राष्ट्रिय सभा बैठकमा गम्भीरताका साथ उठेको अछामको बालिकामाथि भएको घटनाबारे जानकारी र माननीय सदस्यहरुले उठाउनु भएको सवालका विषयमा जवाफ दिन म माननीय गृहमन्त्रीलाई ध्यानाकर्षण गराउँछु,’ उहाँले भन्नुभयो ।
अध्यक्ष दाहालले गत असार ४ गतेको बैठकमा राष्ट्रिय सभा सदस्यहरुले शून्य समय, विशेष समय लगायत विभिन्न समयमा उठाएका विषयहरुमा जवाफ दिन सरकारका नाममा निर्देशन दिनुभएको थियो।
आजको बैठकमा अघिल्लो बैठकमा दिइएको ध्यानाकर्षणको स्मरण गराउँदै अध्यक्ष दाहालले सबै मन्त्रीहरुलाई जवाफ दिने कार्यतालिका नै बनाएर पठाइको पनि जानकारी दिनुभयो ।