अन्तका सरकारी कर्मचारीले पाउने सेवा सुविधा संसद्‌का कर्मचारीले किन नपाउने ?

सांसद्‌हरूका लागि पढ्न राखिने अखबारहरु पनि कटौती
पन्त सोध्नु हुन्छ- मुलुकको आर्थिक अवस्था सांसदहरुको अखबार कटौती गर्नुपर्ने अवस्थामा पुगेको हो ?
असार ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
अन्तका सरकारी कर्मचारीले पाउने सेवा सुविधा संसद्‌का कर्मचारीले किन नपाउने ?

काठमाडौं । एमाले सांसद रघुजी पन्तले संघीय संसद् सचिवालयका कर्मचारीलाई अतिरिक्त समय काम गरेको भत्ता दिलाउन सरकारलाई आग्रह गर्नुभएको छ ।

मंलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पन्तले संघीय संसद् सचिवालयका कर्मचारीहरूलाई अतिरिक्त समय काम गरेको भत्ता उपलब्ध गराउन सरकारसँग आग्रह गर्नुभएको हो । ‘जुन सुविधा अरू कर्मचारीले पाएका छैनन् । त्यो सुविधा संसद्को कर्मचारीहरूले पनि पाउनुपर्छ भन्ने मेरो भनाई पनि छैन । तर जे सुविधा अरू मन्त्रालयका कर्मचारीहरूले पाएका छन्, त्यो सुविधा संसद् सचिवालयका कर्मचारीहरूले नपाउने कुरा चाहिँ हुँदैन,’ पन्तले भन्नुभयो ।

उहाँले अन्य कर्मचारीहरूले नियमानुसारको अतिरिक्त समय काम गरेको भत्ता पाइरहेको भए पनि संसद्का कर्मचारीहरूले नपाएको भन्दै संसद्का कर्मचारीहरूमाथि अन्याय भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘त्यो अर्थ मन्त्रालयका कर्मचारीले पाउने । अन्तका कर्मचारीले पाउने । संसद्का कर्मचारीले चाहिँ किन नपाउने ?’ 

संसदमा सांसदहरूका लागि पढ्न राखिने अखबारहरूमा समेत कटौती भएको भन्दै सांसद पन्तले मुलुकको आर्थिक अवस्था सांसदहरूको अखबारमा कटौती गर्नुपर्ने अवस्थामा पुगेको हो भनी प्रश्न समेत गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.