नक्कली लाइसेन्स प्रकरणमा बहालवाला उपसचिवसहित ५ जना पक्राउ

असार २, २०८१ |रमेश धमला
नक्कली लाइसेन्स प्रकरणमा बहालवाला उपसचिवसहित ५ जना पक्राउ

काठमाडौं । नक्कली लाइसेन्स प्रकरणमा बहालवाला उपसचिवसहित ५ जना पक्राउ परेका छन् ।

लुम्बिनी प्रदेशको वन मन्त्रालयमा कार्यरत उपसचिव केशव अर्याल, लुम्बिनी प्रदेशकै भौतिक मन्त्रालयका शाखा अधिकृत सुवास चौधरी, यतायात कार्यालय नवलपरासीका कम्प्युटर अपरेटर पदमराज आचार्य, जनकपुर यातायात कार्यालयका दिलीपकुमार साह र चितवन यातायात कार्यालयका राजेश लम्साल पक्राउ परेका हुन् ।

प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरूलाई पक्रउ गरी ५ दिन थुनामा राख्न अदालतबाट अनुमति लिएको छ ।

नक्कली लाइसेन्स प्रकरणमा सीआईबीले दोस्रो चरणको अनुसन्धान गरिरहेको छ ।


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।