अज्ञात समूहको गोली प्रहारबाट क्याम्पस प्रमुखको मृत्यु

जेष्ठ ३२, २०८१ |रमेश ठाकुर
अज्ञात समूहको गोली प्रहारबाट क्याम्पस प्रमुखको मृत्यु

बारा । बारामा अज्ञात समूहले गोली प्रहार गरी क्याम्पस प्रमुखको हत्या गरेको छ ।

बाराको आदर्श कोतवाल गाउँपालिका ३ मा अज्ञात समूहद्वारा गोली प्रहार गरी रामराजा बहुमुखी क्याम्पस कलैयाका प्रमुख हरिभूषण कुशवाहको मृत्यु भएको छ ।

शुक्रबार साँझ करिब साढे ५ बजे कुशवाहमाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो । गोली प्रहारबाट आदर्श कोतवाल गाउँपालिका २, खजुरियाका बासिन्दा कुशवाह सख्त घाइते हुनुभएको थियो । उहाँको वीरगन्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

न्यौपानेका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ । उहाँले भन्नुभयो, ‘हामी घटनाको अनुसन्धानकै क्रममा छौं, अनुसन्धानपछि विस्तृत विवरण आउला ।’


Image

रमेश ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका बारा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement