किन रोकिएन नेपालमा बालश्रम ?

अहिले पनि दश लाख ८१ हजार बालबालिका श्रममा
२ लाख २२ हजार बालबालिका जोखिमयुक्त श्रम गर्न बाध्य
जेष्ठ ३०, २०८१ |महेश केसी
किन रोकिएन नेपालमा बालश्रम ?

रुकुम । अपरिपक्व उमेरमा परिपक्व झैँ गर्ने शारीरिक अथवा मानसिक श्रमलाई बालश्रम भनिन्छ । बालबालिका संलग्न हुने हरेक रोजगारयुक्त कार्यलाई संविधानले निषेध गरेको छ । तर नेपालमा बाल श्रम रोकिएको छैन । नेपालमा अहिले पनि दश लाख ८१ हजार बालबालिका श्रममा छन् । त्यसमध्ये २ लाख २२ हजार बालबालिका जोखिमयुक्त श्रम गर्न बाध्य छन् । बाल श्रमले बालबालिकाको सुनौलो भविष्यका लागि आवश्यक शिक्षा तथा उसको प्राकृतिक विकासको अवसरबाट वञ्चित गराउँदछ ।

संविधान र कानुनले वर्जित गर्दा पनि अहिलेसम्म बाल श्रम निर्मूल हुन सकेको छैन । अहिले पनि विभिन्न क्षेत्रमा बालबालिका आफ्नो बाल अधिकारबाट वञ्चित छन् । कतिपय बालबालिका पारिवारिक बाध्यतामा परेर होस वा अरू कारणले बाल बालिका श्रम गर्न बाध्य छन् । जसका कारण उनीहरू आफ्नो अधिकारबाट वञ्चित भएका हुन ।

कतिपय बालबालिका जोखिमपूर्ण क्षेत्रमा समेत श्रम गरिरहेका छन् । शिक्षा, स्वास्थ्य, मनोरञ्जन पोषण युक्त खाना र हिंसा मुक्त जीवन जिउनबाट बालबालिकाको अधिकार भए पनि त्यो अधिकार सबै बालबालिकाले पाएका छैनन् ।

आज बालबालिकालाई बाल अधिकार दिन सकिएन भने त्यसले हाम्रो भोली समाजमा नै गम्भीर असर पार्ने निश्चित छ तसर्थ बालबालिकालाई उनीहरूको अधिकार दिन र बालश्रम मुक्त समाज बनाउन हामी सबैले पहल गर्नु अनिवार्य छ


Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।