जेन-जी प्रदर्शनकारीहरूले ध्वस्त बनाएको बालकोटस्थित निवासमा एमाले अध्यक्ष ओली

कार्तिक ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
जेन-जी प्रदर्शनकारीहरूले ध्वस्त बनाएको बालकोटस्थित निवासमा एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली जेन-जी प्रदर्शनकारीहरूको आगजनी, तोडफोड र लुटपाटले ध्वस्त बनाएको बालकोटस्थित आफ्नो निवासमा पुग्नुभएको छ ।

जेन-जी आन्दोलनपछि पहिलो पटक उहाँ श्रीमती राधिका शाक्यसहित ध्वस्त आफ्नो निवासमा पुग्नुभएको हो । यसअघिनै ओली पत्नी शाक्य सो निवासमा पुगी अनुगमन गर्नुभएको थियो । सुरक्षा चुनौतीका कारण ओली भने यसअघि आफ्नो निवास पुग्नुभएको थिएन । 

ओली निवासमा आगजनीको क्रममा धेरैजसो पुस्तकलगायतका अध्ययन सामग्री जलेको प्रत्यक्षदर्शीहरूले बताएका थिए । ओली पत्नी शाक्यले भने राज्यका लागि दिने भनेर राखिएको पुरातात्विक महत्वका धेरै सामग्रीहरू जलेर नष्ट भएको बताउनुभएको थियो । ओलीले मरणोप्रान्त सो निवास ट्रष्टको नाममा राज्यलाई दिने घोषणा गर्नुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.