बबरमहलमा सहकारी पीडितको राँके प्रदर्शन, प्रहरीको हस्तक्षेप (फोटो फिचर)

जेष्ठ २७, २०८१ |राजेन्द्र महर्जन
बबरमहलमा सहकारी पीडितको राँके प्रदर्शन, प्रहरीको हस्तक्षेप (फोटो फिचर)

काठमाडौं । सरकारले गरेको सहमतिअनुसार बचत फिर्ताको माग गर्दै आन्दोलनरत सहकारीपीडितको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

पटक-पटक सहमति गर्दासमेत सरकारले आफ्ना माग सम्बोधन गर्न नसकेको भन्दै सहकारीपीडितले आज साँझ काठमाडौंको बबरमहलमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलव केसीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

देशभरका सहकारीपीडित लामो समयदेखि आन्दोलनमा छन् । सरकारले दुईपटक सम्झौता गरे पनि बचत फिर्ता पाउन नसकेको उनीहरुको गुनासो छ ।

हेरौं थप तस्बिर :


Image

राजेन्द्र महर्जन

महर्जन कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।