गृहमन्त्री लामिछानेको सम्पत्ति : १ रोपनी १ आना जमिन र १ लाख ५ हजार नगद, बाँकी पत्नीका नाममा

जेष्ठ ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
गृहमन्त्री लामिछानेको सम्पत्ति : १ रोपनी १ आना जमिन र १ लाख ५ हजार नगद, बाँकी पत्नीका नाममा

काठमाडौं । सरकारले प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाममा भक्तपुरमा १ रोपनी १ आना जग्गा पैतृक सम्पत्तिको रुपमा पाएको उल्लेख गरिएको छ ।

 यस्तै गृहमन्त्री लामिछानेका नाममा नेपाल बैंक लिमिटेडमा एक लाख ५ हजार र ग्लोबल आईएमई बैंकमा ५ हजार रुपैयाँ बचत रहेको सार्वजनिक गरिएको सम्पत्ति विवरणमा उल्लेख छ ।

यसबाहेक अन्य सम्पत्ति भने गृहमन्त्री पत्नी निकिता पौडेलको नाममा भएको देखिन्छ । सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार गृहमन्त्री पत्नी पौडेलका नाममा बुढानिलकण्ठ घरसहित ५ आना जग्गा रहेको छ । उक्त घर ३ करोड ७५ लाख रुपैयाँमा खरिद गरिएको पनि विवरणमा सार्वजनिक गरिएको छ ।

यस्तै पौडेलसँग गोपीकृष्ण प्रा. लि. को १० रोपनी ८ आना जग्गाको २५ प्रतिशत शेयर रहेको पनि उल्लेख गरिएको छ । यस्तै उहाँसँग ८० तोला सुन र १५र २० केजी चाँदी रहेको रहेको उल्लेख गरिएको छ । यसबाहेक पौडेलसँग टाटा नेक्सनको एउटा कार रहेको उल्लेख छ । उहाँसँग १ करोड ५० लाख रुपैयाँ घर किन्दा लिएको ऋृण रहेको उल्लेख गरिएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.