कतारी राजाको भ्रमणमा भोलि सार्वजनिक बिदा

वैशाख १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
कतारी राजाको भ्रमणमा भोलि सार्वजनिक बिदा

काठमाडौं । सरकारले कतारका राजा शेख तमिम बिन हमाल अल थानीको नेपाल भ्रमणका क्रममा सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले कतारका राजाले मंगलबारबाट गर्नुहुने नेपाल भ्रमणको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा उहाँको भ्रमण हुन लागेको हो ।  कतारका राजा पहिलोपल्ट नेपाल आउन लागेका हुन् । उहाँ भ्रमण सकेर बुधबार बेलुका कतार फर्कने तय भएको छ ।

मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सूचना संचार तथा प्रविधि मन्त्री रेखा शर्माले कतारका राजाको भ्रमणमा विभिन्न सम्झौताहरु हुने पनि बताउनु भयो । कतारी राजाको भ्रमणका क्रममा पर्यटन, विभिन्न मन्त्रालय अन्तर्गतका, खेलकुद, सञ्चार अन्तर्गतका सम्झौताहरु हुने मन्त्री शर्माले जानकारी दिनुभयो।

कतारका राजासँग नेपाललाई फाइदा हुने ढंगले सम्झौताहरु हुने मन्त्री शर्माको भनाइ छ । कतारका राजाको भ्रमणका क्रममा नेपाल सरकारले कतारलाई दुईवटा हात्ती पनि उपहार दिने तयारी गरेको छ । 

यो पनि...

कतारलाई उपहार दिन लागिएका हात्ती कस्ता ?


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.