सप्तरीको सरदार टोलमा आगलागीबाट २४ घर जले, ४० लाख भन्दाबढीको क्षति

वैशाख १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
सप्तरीको सरदार टोलमा आगलागीबाट २४ घर जले, ४० लाख भन्दाबढीको क्षति

सप्तरी । सप्तरीको कञ्चनरुपमा रहेको सरदार टोलमा आगलागीका कारण ११ परिवारको २४ घर जलेका छन् । 

हिजो दिउँसो तीन बजे गोठबाट सल्केको आगोले उक्त बस्तीमा बस्दै आएका एकसय हाराहारीका स्थानीयको बिचल्ली भएको हो ।

आगलागीमा सर्वस्व गुमाएकाहरू गएराति खुला आकाशमुनि रात बिताउन बाध्य भए । आगलागीबाट करिब ४० लाख बढीको क्षति भएको पीडितहरूको भनाइ छ । 

आगोलाई सुरक्षाकर्मी, स्थानीय र तीनवटा दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो । सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापा नेतृत्वको सुरक्षा अधिकारीको टोलीले आगलागी भएको स्थानको अनुगमन गर्दै राहत वितरणको तयारी गरिरहेको बताएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.