नवलपरासीमा गैंडाको आक्रमणबाट एक वृद्धाको मृत्यु

चैत्र २७, २०८० |नवीन पौडेल
नवलपरासीमा गैंडाको आक्रमणबाट एक वृद्धाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा गैँडाको आक्रमणबाट ९० वर्षकी एक महिलाको मृत्यु भएको छ । कावासोती नगरपालिका १०, रतवलकी जगरीमाया महतोको गैँडाको आक्रमणबाट मृत्यु भएको हो ।

कृष्णसार मध्यवर्ती सामुदायिक वनमा भेडा चराउने क्रममा गैँडाको आक्रमणबाट घाइते भएकी महतोको उपचारका क्रममा मध्यविन्दु जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी वेदबहादुर पौडेलले जानकारी दिए ।

जिल्लाको मध्यवर्ती क्षेत्रमा जंगली जनावर बस्तीमा पस्ने, खेतीबाली नोक्सान गर्ने र मानिसलाई आक्रमण गर्ने क्रम बढेको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको संख्या बढी भएको भन्दै चितवन राष्ट्रय निकुञ्जले सात वटालाई पूर्वी सेक्टरमा स्थान्तरण गरिसकेको छ ।


Image

नवीन पौडेल

पौडेल कान्तिपुर टेलिभिजनका नवलपरासी संवाददाता हुन् ।