काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणले छिमेकी भारतसँगको सम्बन्धमा कुनै असर नगर्ने बताउनुभएको छ ।
उपाध्यक्ष पोखरेलले छिमेकी देशहरुको प्राथमिकताको आधारमा भ्रमण विषय टुङगो हुने पनि बताउनुभयो । सरकारको कामलाई सहजीकरण गर्न बनेको कांग्रेस एमालेको १० सदस्यीय संयन्त्र कार्यदलको संयोजक समेत रहनुभएका पोखरेलले सरकारको कामलाई प्रभावकारी बनाउन र दुईदलबीच समन्त्रले पुनर्ताजकी राख्ने काम सयन्त्रले संघ, प्रदेश र जिल्लामा गर्ने पनि पोखरेलको भनाइ छ ।