कान्तिपुर समाचार, २२ कार्तिक २०८१

कार्तिक २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, २२ कार्तिक २०८१

आजका मुख्य समाचार

– अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर धुमधामका साथ छठ मनाइँदै / झकिझकाउ घाटहरुमा व्रतालुको घुइँचो / रातभर जाग्राम बसी भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइने ।

– सरकारलाई प्रभावकारी बनाउन गठित संयन्त्रले उल्टै सत्ता सञ्चालन जटिल बनाउने आशंका /कानुनले नचिन्ने संयन्त्रको औचित्यमै प्रश्न / सत्तारुढ ३ दललाई छुटाइएकोमा पनि आशंका ।

– कोशी प्रदेशका निवर्तमानमन्त्री लिलाबल्लभ अधिकारी र तीन अनधिकृत व्यक्ति काठमाडौंबाटै एकसाथ जापान गएको खुलासा / मानव तस्करीमा अनुसन्धान गर्न दबाब ।

– ट्रम्पको पुनरागमनसँगै अमेरिकाले अपनाउने नयाँ नीतिप्रति विश्व समुदायको चासो / रुस–युक्रेन युद्ध र मध्यपूर्वको तनावदेखि विश्व अर्थतन्त्रमा पर्ने प्रभावबारे विश्लेषण सुरु ।

– आईसीसी अन्डर-नाइन्टिन महिला विश्वकपको एसिया छनोटमा नेपालको लगातार दोस्रो जित / कुवेत १ सय ८ रनले पराजित / शनिबार आयोजक यूएईको सामना गर्ने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement