वैवाहिक जबरजस्ती करणीको आरोप लागेका न्यायाधीश गिरीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

चैत्र २१, २०८० |कान्तिपुर टीभी संवाददाता
 वैवाहिक जबरजस्ती करणीको आरोप लागेका न्यायाधीश गिरीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । वैवाहिक जबरजस्ती करणीको आरोप लागेका न्यायधीश भुवन गिरीलाई थुनामा पठाउन सर्वोच्च अदालतले आदेश दिएको छ । बुधवार न्यायाधीशहरू हरि फूयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले न्यायधीश गिरीलाई थुनामा पठाउन आदेश दिएको हो ।

सर्वोच्चको आदेशसँगै यसअघि उच्च अदालत पाटनले गिरीलाई धरौटीमा छाड्न दिएको आदेश बदर भएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.