काठमाडौं । सर्वोच्च अदालतले मन्त्रालय वा निकायको प्रमुखमा स्वार्थ जोडिएको व्यक्ति हुन नपाउने माग राख्दै दायर भएको रिटमा कारण देखाऊ आदेश गर्दै रिटलाई अग्राधिकार दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले रिटलाई अग्राधिकार दिएको हो । स्वार्थ जोडिएको मन्त्रालय वा निकायको प्रमुखमा स्वार्थ जोडिएको व्यक्ति हुन नपाउने माग गर्दै अधिवक्ता युवराज पौडेलले रिट हालेका थिए ।
आफैं विरुद्धको उजुरी अनुसन्धान भइरहँदा त्यही मन्त्रालयमा प्रमुखको जिम्मेवारीमा बस्दा अनुसन्धान प्रभावित हुने भन्दै सोमबार रिट दर्ता गरिएको थियो ।