प्रतिनिधिसभामा आज : सांसद्का प्रश्न, मन्त्रीको जवाफ (लाइभ)

चैत्र २०, २०८० |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधिसभामा आज : सांसद्का प्रश्न, मन्त्रीको जवाफ (लाइभ)

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ मन्त्रीहरूले दिने कार्यसूची रहेको छ ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्ने पर्ने माग राख्दै आएको कांग्रेसले आज पनि सो माग जारी राखेको छ । बैठकमा बोल्दै सांसद रामकृष्ण यादवले सकेसम्म चाँडो  समिति गठन गरेर छानबिनलाई टुङ्ग्याउनु पर्ने बताए ।

सरकारबाटै अनुसन्धान रोकिएको दाबी गर्दै सांसद् यादवले भने, ‘विश्वासको संकट उत्पन्न भएको छ । जनताको पैसा दुरुपयोग भएको विषयमा जनताको न्याय टुहुरो भएको छ । त्यसकारण निष्पक्ष छानबिनका लागि संसदीय समित आवश्यक भयो ।’


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.