तस्बिरमा भक्तपुरको होली-उमंग

चैत्र ११, २०८० |राजेन्द्र महर्जन
तस्बिरमा भक्तपुरको होली-उमंग

काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन आज भक्तपुरमा पनि हर्सोल्लासका साथ होली मनाइएको छ ।

रङहरूको पर्व होली काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा आपसी सद्भाव, उत्साह र हर्सोल्लासका साथ मनाइएको छ । असत्यमाथि सत्यको विजयको प्रतीकका रुपमा यो पर्व मनाउने गरिन्छ ।

होलीको अवसरमा राजधानीलगायत मुख्य सहरमा विभिन्न कार्यक्रम आयोजना गरिए । पहाडी जिल्लामा आज मनाइएको होली पर्व तराईका जिल्लामा भने भोलि मनाइन्छ ।

यसैक्रममा भक्तपुरमा पनि मौलिक परम्पराअनुसार होलीमा मनाइएको छ । जहाँ बालबालिका, युवा, ज्येष्ठ नागरिकहरु सहभागी बने । आफ्ना मौलिक बाजा र परम्परागत पोसाकमा सजिएका सर्वसाधारणले पनि आपसमा रङ दलेर होली पर्व मनाए । यहाँ घुम्न आएका पर्यटक पनि होलीको रङमा झुमेका छन् ।

पाल्पाको ग्रामीण भेकको होली (फोटो फिचर)

हेरौं थप तस्बिर :


Image

राजेन्द्र महर्जन

महर्जन कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।