कान्तिपुर टेलिभिजनकर्मी ठाकुरलाई सम्मान

फाल्गुन १७, २०८० |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर टेलिभिजनकर्मी ठाकुरलाई सम्मान

वीरगन्ज । मधेश प्रदेशको उद्योग वाणिज्य क्षेत्रमा समाचारमार्फत योगदान पुर्याएको भन्दै कान्तिपुर टेलिभिजनका वीरगन्ज संवाददाता उपेन्द्र ठाकुरलाई सम्मान गरिएको छ ।

ठाकुरसँगै वीरगन्जबाट आर्थिक पत्रकारिता गर्ने अभियान दैनिकका संवाददाता ओमप्रकाश खनाल, कारोबार दैनिकका नीरज पिठाकोटी र मधेश दृष्टिका ध्रुव साहलाई पनि सम्मान गरिएको छ । महोत्तरीको बर्दिबासमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको पाँचौं प्रदेश सभामा अध्यक्ष अशोक टेमानीले ठाकुरसहित अन्य तीन पत्रकारलाई कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरे ।

आर्थिक तथा औद्योगिक क्षेत्रका रुपमा रहेको वीरगन्जलगायत मधेश प्रदेशको उद्योग व्यापारमा देखिएका समस्यालाई समाचार बनाएर यस क्षेत्रमा पुर्‍याएको योगदानस्वरुप सञ्चारकर्मीहरुलाई सम्मान गरिएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.