कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ को वडा कार्यालयभित्र एक युवती मृत भेटिएकी छन् ।
आइतबार बिहान वडा कार्यालयको सभा हलभित्र युवती झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहान योगाभ्यास कक्षा हुने उक्त हलमा पुग्ने व्यक्तिहरूले महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मृत भेटिएकी ती महिला भीमदत्त नगरपालिकामा कार्यरत नगर प्रहरी हरिश महराकी श्रीमती २० वर्षीया प्रमीला धामी रहेको बताइएको छ ।
नगर प्रहरीलाई वडा कार्यालयकै सुरक्षा हेर्ने गरी आवासका लागि कोठा दिइएको थियो । उनीसँगै उनकी श्रीमती पनि सोही वडा कार्यालयकै एक कोठामा बस्ने गरेकोमा गयराति उक्त घटना घटेको हो ।
दार्चुला घर भएका उनीहरू दुवैले ६ महिना अघि भागी विवाह गरेका थिए । घटनाबारे अनुसन्धान कार्य अगाडि बढाइएको भीमदत्त नगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष रवीन्द्रप्रसाद देवकोटाले जानकारी दिए ।
मृतकको शव परीक्षण पछि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।