सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसेमा जिप (बोलेरो) दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
बागपुजेबाट बाह्रबिसे जान लागेको बा.१२च ४९९१ नम्बरको जिप सडकबाट करिब दुई सय मिटर तल खस्दा दिलकुमारी प्रधान र लालकुमारी प्रधानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नीरञ्जन भट्टराईले जानकारी दिए ।
६ जना चढेको जिपमा चालक विक्रम थापा, यात्रुहरू गोपाल थापा, खड्गकुमारी श्रेष्ठ र पुष्कर थापा घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ ।