सहकारी र लघुवित्तसम्बन्धी समस्या सुल्झाउन रास्वपाले प्रधानमन्त्रीलाई बुझायो सुझाव (प्रतिवेदनसहित)

फाल्गुन १, २०८० |कान्तिपुर टीभी संवाददाता
सहकारी र लघुवित्तसम्बन्धी समस्या सुल्झाउन रास्वपाले प्रधानमन्त्रीलाई बुझायो सुझाव (प्रतिवेदनसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी र लघुवित्तबाट पीडित भएकाहरूको समस्या समाधान गर्न पार्टीको तर्फबाट तयार पारेको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर रास्वपाको टोलीले सुझाव प्रतिवेदन हस्तान्तरण गरेको हो । रास्वापले उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा सहकारी र लघुवित्त पीडितका समस्या समाधानका विषयमा प्रतिवेदन बनाउन समिति गठन गरेको थियो । सोही समितिले पारेको तयार पारेको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको हो ।

प्रतिवेदनमा तीनवटा समस्या र पाँच वटा समाधानका उपाय सुझाइएका छन् । सहकारी र लघुवित्तमा भएका कुशासन, नियमनको अभाव र कानुन परिमार्जन नहुँदा समस्या भएको प्रतिवेदनमा उल्लेख छ । 

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले यो समस्या समाधानमा आफू प्रतिबद्ध रहेको र त्यसका लागि सबै पक्षको सहयोगको अपेक्षा गरेको बताएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.