ठूला भ्रष्टाचारका घटनालाई सरकारले अनुसन्धानको दायरामा ल्याइरहेको छ : प्रधानमन्त्री दाहाल

माघ २८, २०८० |कान्तिपुर टीभी संवाददाता
ठूला भ्रष्टाचारका घटनालाई सरकारले अनुसन्धानको दायरामा ल्याइरहेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले ठूला भ्रष्टाचारका घटनालाई छानबिन तथा अनुसन्धानको दायरामा ल्याइरहेको बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धानका आयोगको ३३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् । उनले विभिन्न कालखण्डमा भएका सबै साना-ठूला भ्रष्टाचारका घटनाउपर स्वतन्त्र छानबिन र अनुसन्धान गर्ने सन्दर्भमा आयोगलाई नेपाल सरकारको पूर्ण समर्थन र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । ‘विभिन्न कालखण्डमा घटेका सबै साना-ठूला भ्रष्टाचारजन्य घटनाउपर स्वतन्त्र छानबिन र अनुसन्धान गर्ने सन्दर्भमा आयोगलाई नेपाल सरकारको पूर्ण समर्थन र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दछु,’ उनले भने ।

सरकारी जग्गा हडप्‍ने, व्यक्तिगत नाममा कायम गर्नेहरूलाई छानबिन अनुसन्धान गरिरहेको पन उनले बताए । प्रधानमन्त्री दाहालले क्रिप्टोकरेन्सी कारोबारी, हुन्डी कारोबारी, सुन तस्कर र सहकारीलगायतका क्षेत्रमा भएका ठगीलाई कारबाहीको दायरामा ल्याएको बताए ।

सार्वजनिक सेवा प्रवाहमा देखिएका विकृति, विसंगति, ढिलाइ, अनियमितता नियन्त्रण गरी सार्वजनिक सेवा प्रवाहमा जनताले भोग्नुपरेको सास्ती हटाउन सरकार लागिरहेको दाबी पनि उनले गरे । दाहालले भने, ‘सार्वजनिक सेवा प्रवाहमा देखिएका विकृति, विसंगति, ढिलाइ, अनियमितता नियन्त्रण गरी सार्वजनिक सेवा प्रवाहमा जनताले भोग्नुपरेको सास्ती हटाउन सरकार लागिरहेको छ ।’


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.