हिन्दु र इस्लामिक वास्तुकलामा पीएचडी गरेकी डा. तबस्सुम सिद्दिकीको अनुभव

माघ २८, २०८० |कान्तिपुर टीभी संवाददाता
हिन्दु र इस्लामिक वास्तुकलामा पीएचडी गरेकी डा. तबस्सुम सिद्दिकीको अनुभव

काठमाडौं । नेपालगन्जकी तबस्सुम सिद्दीकीले नेपाल संस्कृत विश्वविद्यालयबाट हिन्दु र इस्लामिक वास्तुकलाको तुलनात्मक अध्ययनमा विद्यावारिधि अर्थात् पीएचडी उपाधि प्राप्त गरेकी छन् । 

वैदिक तथा धार्मिक शिक्षातर्फ आकर्षण घटेको भन्दै चिन्ता व्यक्त भइरहँदा तबस्सुमले मन्दिर र मस्जिदको निर्माणबारे तुलनात्मक अध्ययन गरेकी हुन् । नेपालको कतिपय धार्मिक तथा ऐतिहासिक मन्दिरमा मुस्लिम वास्तुकलाको स्पष्ट प्रभाव देख्न सकिने उनले बताइन् । उनको वास्तुकला अध्ययन र त्यसका उपलब्धिबारे सहकर्मी जितेन्द्र झा र श्याम श्रेष्ठले तयार पारेको यो रिपोर्ट–


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.