स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा तालाबन्दी नगर्न उच्च अदालत विराटनगरको आदेश

माघ ५, २०८० |कान्तिपुर टीभी संवाददाता
स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा तालाबन्दी नगर्न उच्च अदालत विराटनगरको आदेश

विराटनगर । उच्च अदालत विराटनगरले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द, हडताल, तालाबन्दी नगर्न/ नगराउन आदेश जारी गरेको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित उपकुलपतिको कार्यकक्षमा धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले तालाबन्दी गरेपछि परेको रिटमाथि सुनवाइ गर्दै उच्च अदालतले आज कारण देखाऊसहित यस्तो आदेश जारी गरेको हो । 

जिल्ला प्रशासन कार्यालय सुनसरी, धरानका मेयर हर्कराज राई-साम्पाङसहित ९ जना विपक्षीको नाममा उच्चले अन्तरिम आदेशसहित कारण देखाऊ आदेश जारी गरेको हो । सञ्जीवकुमार साहद्वारा उत्प्रेषणयुक्त परमादेश माग गर्दै दायर रिटमा उच्च अदालतकी न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको इजलासले सो आदेश दिएको हो ।

गत सोमबार नगरप्रमुख साम्पाङले प्रतिष्ठानमा आन्दोलनरत शिक्षक, कर्मचारी र चिकित्सकको आन्दोलनप्रति समर्थन जनाउँदै उपकुलपतिको कार्यकक्षमा ताला लगाएका थिए ।

सम्बन्धित समाचार...

बीपी प्रतिष्ठानका सेवा आज छैटौं दिन पनि ठप्प


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.