मेयरले अर्कैको छोरीलाई आफ्नो बनाएर नागरिकता दिँदा...

जिल्ला प्रशासन कार्यालयले छानबिन अगाडि बढायो
पुस २९, २०८० |कान्तिपुर टीभी संवाददाता
मेयरले अर्कैको छोरीलाई आफ्नो बनाएर नागरिकता दिँदा...

वीरगन्ज । वीरगन्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले अर्कैकी छोरीलाई आफ्नी छोरी बनाएर नागरिकता जारी गर्न लगाएको भन्दै परेको उजुरीमाथि जिल्ला प्रशासन कार्यालय पर्साले छानबिन अघि बढाएको छ ।

प्रमुख सिंहले नक्कली बाबु बनेर रुबिना श्रेष्ठ नाम गरेकी युवतीलाई वंशजको नागरिकता दिलाएको भन्दै पुस २४ गते उजुरी परेको थियो । त्यसलगत्तै सचेत नागरिक समाजका तर्फबाट पनि उनीविरुद्ध सामूहिक उजुरी दर्ता भएको छ । यी उजुरीमाथि आवश्यक अनुसन्धान भइरहेको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जनाए ।

महानगर प्रमुख सिंहविरुद्ध परेको उजुरीमा छानबिन गर्न पर्साका सहायक प्रमुख जिल्ला अधिकारीलाई जिम्मा लगाइएको पनि भुसालले जनाए । उनका अनुसार आरोप पुष्टि भए कानुनबमोजिम हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.