
बर्दिया । बर्दियामा चिसोबाट जोगिन आगो ताप्दै गर्दा एक्कासी ब्यांलेकेटमा आगो सल्केर घाइते भएकी एक महिलाको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको छ ।
बर्दिया राजापुर नगरपालिका–५ स्थित घर भित्रको कोठामा बुधबार आगो तापी रहेको अवस्थामा एक्कासी आगो सल्किँदा ७५ वर्षीया सोहनी थारु सिकिस्त घाइते भएकी थिइन् । उनको उपचारको क्रममा नेपालगन्जमा बिहीबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय,बर्दियाका सूचना अधिकारी डीएसपी तिलकराम अर्यालले बताए ।
घाइते थारुलाई उपचारका लागि जिल्ला अस्पताल गुलरियामा ल्याइएको थियो । यहाँ उपचार सम्भव नभएपछि नेपालगन्ज रेफर गरिएको थियो ।