रामबहादुर बम्जनको घरमा प्रहरीको छापा, तीन करोडभन्दा बढी रकम बरामद

पुस २५, २०८० |कान्तिपुर टीभी संवाददाता
रामबहादुर बम्जनको घरमा प्रहरीको छापा, तीन करोडभन्दा बढी रकम बरामद

काठमाडौं । आफूलाई ‘लिटिल बुद्ध’ बताउने रामबहादुर बम्जनको घरबाट प्रहरीले तीन करोड रुपैयाँभन्दा बढी रकम बरामद गरेको छ । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार पक्राउ गरेको थियो ।

बूढानीलकण्ठस्थित बम्जनको घरमा छापामार्दा तीन करोड रुपैयाँभन्दा बढी रकम बरामद गरेको प्रहरीले जनाएको छ । नेपाल रुपैयाँसहित विभिन्न देशका मुद्रा उनको घरबाट बरामद भएको हो । साथै १५ वटा मोबाइल, दुई वटा ल्यापटपलगायतका सामान पनि प्रहरीले बरामद गरेको छ ।

बाराको हलखोरिया जंगलमा लामो समय बसेका बम्जन पछिल्लो समय सिन्धुलीमा आश्रम बनाएर बसेका थिए ।

आश्रममा बस्ने अनुयायीको हत्या, बेपत्ता तथा यौन हिंसाको उजुरीपछि सीआईबी तथा कोशी र मधेश प्रदेश प्रहरीले उनको खोजी गरिरहेका थिए ।

बूढानीलकण्ठबाट रामबहादुर बम्जन पक्राउ


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement