विवादमा परेको त्रिविको उपकुलपति नियुक्ति प्रक्रिया रद्द

पुस २२, २०८० |कान्तिपुर टीभी संवाददाता
विवादमा परेको त्रिविको उपकुलपति नियुक्ति प्रक्रिया रद्द

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा दुई महिनादेखि रिक्त उपकुलपति नियुक्ति प्रक्रिया तत्काललाई रद्द गरिएको छ ।

त्रिविको उपकुलपति छनोट तथा सिफारिस समितिले पुस २० एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको थियो । समितिको पुस २१ गतेको निर्णयअनुसार उक्त प्रक्रिया रद्द गर्ने निर्णय भएको सूचनामा जनाइएको छ ।

समितिले पुस २० गते सूचना निकाल्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई दश दिनभित्र दरखास्त पेस गर्न भनेको थियो । तर प्राज्ञिक थलो त्रिविमा रिक्त उपकुलपति नियुक्तिको प्रक्रिया अगाडि बढेसँगै विवादमा परेको थियो ।

                     विवादमा पर्‍यो उपकुलपति नियुक्तिको प्रक्रिया (रिपोर्ट)

विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक भागबन्डा अन्त्य गरी योग्य व्यक्तिलाई प्रतिस्पर्धा गराएर उपकुलपति चयन गर्ने प्रतिबद्धता गरेका थिए । तर त्यसविपरीत त्रिविमा कार्यरतले मात्र आवेदन दिन पाउने प्रावधान तोकिएपछि आलोचना भएको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.