पेट्रोल पम्पहरूले ४५ दिनभित्र शौचालय सञ्चालन गर्नु पर्ने

पुस २०, २०८० |कान्तिपुर टीभी संवाददाता
पेट्रोल पम्पहरूले ४५ दिनभित्र शौचालय सञ्चालन गर्नु पर्ने

काठमाडौं । अब काठमाडौँ महानगरभित्र सञ्चालित पेट्रोल पम्पहरूले शौचालयसमेत सञ्चालनमा ल्याउनु पर्ने भएको छ ।

पेट्रोल पम्पहरू सुधार गर्ने सम्बन्धमा हिजो काठमाडौं महानगरपालिकामा नेपाल आयल निगम, सडक विभाग, नेपाली सेना, नेपाल प्रहरी, उपत्यका ट्राफिक प्रहरी र महानगर प्रहरी बलसहितको बैठक बसेको थियो । उक्त बैठकले पेट्रोल पम्पहरूमा शौचालय समेत सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले, महानगरपालिकाभित्र सञ्चालनमा रहेका पेट्रोल पम्पहरूको अध्ययन गर्न महानगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यमा नेपाल आयल निगम, उपत्यका ट्राफिक प्रहरी कार्यालय, सडक विभाग, जिल्ला प्रशासन कार्यालय, पेट्रोलियम डिलर्स एसोसिएसन र रिपुमर्दिनी पेट्रोल पम्प भद्रकालीका प्रतिनिधि छन् ।

पेट्रोल पम्पहरूको निरीक्षण गरेर तत्काल सुधार गर्नु पर्ने काम र निश्चित अवधिमा सुधार गर्नु पर्ने कामको अध्ययन गरेर ४५ दिनभित्र प्रतिवेदन पेश गर्न समितिलाई समय दिइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement