स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा एक अर्ब १९ करोड बिगो दाबी गर्न प्रहरीको सुझाव

पुस १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा एक अर्ब १९ करोड बिगो दाबी गर्न प्रहरीको सुझाव

काठमाडौं । प्रहरीले काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले एक अर्ब १९ करोड बिगो दाबी गर्नुपर्ने भन्दै ४४ जनालाई प्रतिवादी बनाउन जिल्ला सरकारी वकिलको कार्यालयलाई राय दिएको छ ।

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा जीबी राई सहित सहकारीका सञ्चालक तथा गोर्खा मिडिया ग्रुपमा समेत पैसा आएको देखिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि प्रतिवादी बनाइएको छ । प्रहरीले गोर्खा मिडिया ग्रुपकै अर्का संचालक छविलाल जोशीलाई पनि मुद्दाका लागि सिफारिस गरेको छ ।

संसदीय छानबिन विशेष समितिको प्रतिवेदन अनुसार कास्कीको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको साहारा, पर्साको सानोपाइला र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको अनुसन्धान एकसाथ अघि बढाएको थियो । प्रहरीले कास्की र काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको छ भने अन्य तीन वटाको पनि अन्तिम चरणमा पुर्‍याएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement