मौलिकता जोगाउन पाँचथरमा चासोक मेला

पुस १५, २०८० |लक्ष्मी गौतम
मौलिकता जोगाउन पाँचथरमा चासोक मेला

पाँचथर । देशका विभिन्न स्थानमा बसोबास गर्ने जातिको संस्कृति र भाषा लोप हुँदै गएको भन्ने चर्चा चलिरहँदा पाँचथरको फिदिममा यतिबेला मौलिकता जोगाउन मेला नै लागिरहेको छ । चासोक नाम दिइएको यस मेलामा आउने हरेक मानिस मौलिक पहिरनमा भेटिन्छ । हरेक उमेर समूहको सहभागी टोलीले आआफ्ना संस्कृतिमा आधारित झाँकी देखाइरहेको छ ।

पुराना पुस्ताले नयाा पुस्तालाई हस्तान्तरण गर्न सके मात्रै संस्कार र संस्कृतिको संरक्षण हुन्छ । हो त्यहि भएर ग्रामिण पूर्बका पहाडी जिल्लामा बसोवास गर्ने सबै समुदायको भाषा र संस्कृतिलाई जीवन्त राख्ने उदेश्य साथ पााचथरको फिदिम ४ स्थित सुम्हात्लुङ गडीमा २ सातासम्म लाग्ने चासोक मेलामा यी र यस्तै गतिविधिलाई प्राथमिकतामा राखिएको हो ।

रैथाने उत्पादन, परिकार र संस्कृतिलाई प्राथमिकतामा राखेर वर्षेनी मेला लगाउने गरिएको आयोजककै भूमिकामा रहेका जनप्रतिनिधि बताउँछन् । फिदिम-४ का वडाध्यक्ष उपेन्द्र लावतीले भने, ‘पुरानो संस्कार संस्कृति भेषभूषालाई युवा पुस्तामाझ परिचय गराउनका लागि हामीले यो मेला लगाएका हौँ ।’

मेलामा ज्येष्ठ नागरिकदेखि बालबालिका र किशोर समेत आकर्षक पहिरन र गहनामा सजिएर रमाइरहेका भेटिन्छन् । मेलाले आफ्नोसागै समुदायमा रहेका सबै जात जातीको संस्कृति अपनत्व गर्न मदत पुर्‍याएको स्थानीयको टिप्पणी छ ।

दिनभर परम्परालाई निरन्तरता दिन सांस्कृतिक कार्यक्रममा सहभागीहरु रात परेपछि कोही पिङ खेल्छन् त कोही धान नाचेर मनोरञ्जन गर्छन् ।


Image

लक्ष्मी गौतम

गौतम कान्तिपुर टेलिभिजनका पाँचथरका संवाददाता हुन् ।