तस्बिरमा ‘क्रिसमस डे’

पुस ९, २०८० |पशुपति बुढाथोकी
तस्बिरमा ‘क्रिसमस डे’

काठमाडौं । नेपालसहित विश्वभरका क्रिस्चियन धर्मावलम्बीले आज उल्लासका साथ ‘क्रिसमस डे’ मनाएका छन् ।

अंग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिस्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिस्चियन धर्मालम्बीले क्रिसमस मनाउँछन् । क्रिसमस डेलाई ‘मेरी क्रिसमस’ पनि भन्ने गरिन्छ ।

दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।

क्रिसमसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना सन्देश दिएका छन् । ‘क्रिसमस डे’ का अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

आजको दिनमा देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रिस्टको सम्झना गरिएको छ। क्रिसमस डेमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नाका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ ।

क्रिसमसका अवसरमा काठमाडौं, ललितपुर, भक्तपुर र पोखरालगायत स्थानका बजार र ठूला व्यापारिक स्थलमा क्रिसमस ट्री सजाइएको छ । हेरौं काठमाडौंमा मनाइएको ‘क्रिसमस डे’ का थप तस्बिर :


Image

पशुपति बुढाथोकी

बुढाथोकी कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।


Enter Kantipur TV HD
Advertisement