लुम्बिनी प्रदेशमा महिला कर्मचारीले महिनावारी बिदा पाउने

मंसिर २७, २०८० |कान्तिपुर टीभी संवाददाता
लुम्बिनी प्रदेशमा महिला कर्मचारीले महिनावारी बिदा पाउने

काठमाडौं । लुम्बिनी प्रदेशमा निजामती सेवामा कार्यरत महिला कर्मचारीले महिनावारी भएका बेला बिदा पाउने भएका छन् ।

प्रदेशसभाबाट पारित भई मंसिर २१ गते प्रमाणीकरण भइसकेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी ऐनले 'महिनावारी बिदा'को व्यवस्था गरेको हो ।

प्रदेश निजामती सेवा ऐनको दफा ११७ को उपदफा १ (ग) मा यस्तो बिदाको व्यवस्था गरिएको छ । महिला कर्मचारीलाई यसअघि प्रसुति बिदा दिने गरिएकोमा लुम्बिनी प्रदेशमा अब महिनाबारी बिदा पनि थपिएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement