नेपाली भूमिमा बसेर अपराध : ५ वर्षमा १७ सय १५ जना डिपोर्ट

माघ २३, २०८१ |रमेश धमला
नेपाली भूमिमा बसेर अपराध : ५ वर्षमा १७ सय १५ जना डिपोर्ट

काठमाडौं । नेपालको अध्यागमन प्रणालीलाई छलेर वा फाइदा उठाउँदै नेपाल प्रवेश गरेका कतिपय विदेशी अपराधमा समेत संलग्न हुने गरेका छन् । अवैध बाटोबाट पुगेका अथवा विभिन्न आरोप लागेका नेपाली डिपोर्ट गरिने समाचार आइरहेका बेला जसरी नेपालीहरु विदेशी भूमिबाट फिर्ता भैरहेका छन्, त्यसरी नै नेपाल आउने विदेशीहरु पनि कारवाहीमा परेका छन् । विदेश जाने नेपाली अथवा नेपाल आएर जघन्य अपराध तथा गैरकानुनी गतिविधिमा संलग्न विदेशी नियन्त्रण गर्न सरकारले अध्यागमन ऐन ल्याउने तयारी गरेको छ ।

पर्यटक तथा अन्य भिसामा नेपाल आएर गम्भीर तथा जघन्य अपराधमा संलग्न विदेशीहरु कानुनी कारबाहीपछि डिपोर्ट गर्ने गरिएका छन् । पााच वर्षमा नेपालबाट १७ सय १५ विदेशी नेपालबाट निकालिएको अध्यागमनले जनाएको छ, जसमा सबैभन्दा धेरै चिनियाा ६ सय २२ जना छन् ।

कम्बोडिया, भियतनाम तथा म्यानमारमा बसेर अनलाइन ठगी र जुवा संचालन गरेका चिनियाा नागरिक नेपाल आएर त्यस्तै धन्दा चलाएको आरोपमा कारवाहीमा परेका छन् । सुन तस्करीको संगठित अपराधको संजाल तयार पारेको तथा अध्यागमन ऐन उल्लंघनको कसुरमा कारवाही भोग्नेहरु पनि डिपोर्ट भएका छन् । सन् २०२० मा १८ देशका ७५ विदेशी नेपालबाट डिपोर्ट भएकोमा २०२१ मा करिब ५० देशका १ सय ५५ जना डिपोर्ट भएको तथ्यांकले देखाएको छ ।

सन २०२५ को पहिलो एक महिनामै विभिन्न अपराधमा सजाय भुक्तान गरेका अथवा अध्यागमन ऐन उलंघन गरेको आरोपमा १ सय ११ जना फर्काइएका छन् । धर्म परिर्वतन गराएको आरोपमा पनि विदेशी कारवाहीमा परेका छन् । यसले नेपालको खुला सिमाना अथवा सहज भिसा प्रणालीको दुरुपयोग गर्नेहरुबाट सुरक्षामा चुनौती अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजाल भन्नुहुन्छ ।

नेपालबाट विदेशीहरु डिपोर्ट भएजस्तै अवैध तरिकाले जाने वा गैरकानुनी गतिविधीमा संलग्न हुने नेपालीहरु पनि फर्काइएका छन् ।अहिलेको अमेरिकाको अभियान पनि यसैमा केन्द्रीत छ । अध्यागमन विभागको तथ्यांक अनुसार सन् २०२१ यता ७० भन्दा बढी देशबाट ५ हजार नेपालीलाई कारबाही गरेर डिपोर्ट गरिएको छ ।

नेपाल आउने विदेशी र बाहिर जाने नेपालीको चुस्त निगरानीका लागि अध्यागमन प्रणाली सुधारका लागि पटक-पटक पहल हुँदै आएका छन् । भिजिट भिसाका नाममा जाने नेपाली मानव तस्करको चंगुलमा फसिरहेका छन् । अन्तराष्ट्रिय विमानस्थलबाट मात्रै नभइ भारत र चीनतर्फको सिमाना समेत गरेर १४ अध्यागमन कार्यालय छन् । ती सबै अन्तराष्ट्रिय सीमा नाकाबाट बढ्दै गएको सुरक्षा चुनौतीको सम्बोधन गर्न गृह मन्त्रालयले अध्यागमन ऐन संशोधनको तयारी गरेको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिनुभयो ।

नेपाल आउने विदेशी अथवा नेपालबाट बाहिरिने नेपाली, दुवैको सुरक्षा र उनीहरुबाट निम्तिने जोखिम नियन्त्रण गर्ने एउटै विकल्प अध्यागमन प्रणालीको सुधार नै हो । अन्तर्राष्ट्रिय अपराध तथा सिमा नाकाको सुरक्षाका लागि अध्यागमन ऐनसंगै राज्यले परिचालन गर्ने संयन्त्र र स्रोत पनि उत्तिकै प्रभावकारी बनाउनु पर्छ ।


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement