अर्घाखाँचीमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

मंसिर २४, २०८० |रासस
अर्घाखाँचीमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

फाइल तस्बिर

अर्घाखाँची । अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

महेन्द्र राजमार्गको शीतगङ्गा–८ सातमाराको राप्ति पुल नजिकै ना ६ ख २७३९ नम्बरको ट्रक अनियन्त्रित भई शनिबार दुर्घटना भएको थियो ।

मृत्यु हुनेमा ट्रकका चालक नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका–१८ बस्ने ३१ वर्षीय सञ्जयकुमार चौधरी र सहचालक भोला कुर्मी रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम रिजालले जानकारी दिए । उनीहरुको जेनस अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक रिजालले बताए ।