नार्कलाई स्वायत्त बनाउँदै छुट्टै विभागीय मोडलमा सञ्चालन गर्न सुझाव

मंसिर १७, २०८० |कान्तिपुर टीभी संवाददाता
नार्कलाई स्वायत्त बनाउँदै छुट्टै विभागीय मोडलमा सञ्चालन गर्न सुझाव

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद्- नार्कलाई थप स्वायत्तता दिँदै छुट्टै विभागीय मोडलमा सञ्चालन गर्न उच्चस्तरीय उप समितिले सुझाव दिएको छ । नार्क नेपालको कृषिसँग सम्बिन्धित सुझाव दिने उपल्लो निकाय हो भने यसको उपादेयतालाई लिएर पछिल्लो समय चिन्ता व्यक्त गरिँदै आएका छन् ।

नार्कका पूर्वकार्यकारी निर्देशक डा. टेकबहादुर गुरुङ सम्मिलित उच्च स्तरीय उपसमितिले आज कृषि मन्त्री वेदुराम भुसाललाई प्रतिवेदन बुझाउँदै  नार्कलाई प्रभावकारी बनाउनका लागि कृषि अनुसन्धान सम्बन्धित छुटै सचिव नियुक्त गरिनु पर्ने, वैज्ञानिकहरूलाई विषय विज्ञताअनुसारको समूहमा राख्न सुझाव दिएको छ । 

विषयगत वैज्ञानिकलाई काम गर्न नदिँदा अनुसन्धान प्रभावकारी हुन नसकेको समितिको निष्कर्ष छ । उपसमितिले नार्कबाट वैज्ञानिक पलायन हुने क्रम बढेको भन्दै उनीहरूलाई स्वदेशमै टिकाउने रणनीति लिन समेत सुझाएको छ । यसैगरी समितिले कृषि शिक्षा विषयको अध्ययनलाई कृषि मन्त्रालय अन्तर्गत नै सञ्चालन गर्न समेत सुझाव दिएको छ ।

उपसमितिले नार्कले अहिलेसम्म गरेका अनुसन्धानका उपलब्धीहरु  किसानसम्म पुरयाउ तीनै तहका सरकारको समन्वय हुनुपर्नेमा जोड दिएका छ । अहिलेसम्म गरिएका अनुसन्धान नार्कमै सीमीत हुंदा किसानले यसको उचित लाभ उठाउन नसकेको प्रतिवेदनमा उल्लेख गरिएकोछ । 

प्रतिवेदन बुझपछि बोल्दै कृषि मन्त्री भुषालले समितिले दिएका सुझाव क्रमश कार्यान्वय गर्दे लैजाने प्रतिबद्धता जनाएका छन् । 

गत असारमा नार्क स्वयंले आफ्नो सुधारका लागि सुझाव दिन उच्चस्तरिय उपसमिति गठन गरेको थियो । देशमा खाद्य सुरक्षाको विषय गम्भीर बन्दा समेत नार्कको उपस्थिती कमजोर देखिएको भन्ने आलोचना पछि समिति गठन गरिएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.