सञ्चार मन्त्रालयले भन्यो- भीपीएन वा ओपन डीएनएस प्रयोग नगर्नू

मंसिर ५, २०८० |कान्तिपुर टीभी संवाददाता
सञ्चार मन्त्रालयले भन्यो- भीपीएन वा ओपन डीएनएस प्रयोग नगर्नू

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भीपीएन वा ओपन डीएनएसको प्रयोग नगर्न अनुरोध गरेको छ ।

मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले मंगबार प्रेस विज्ञप्ति जारी गर्दै ‘इन्टरनेट सेवा प्रदायकले डीएनएस र आईपी एड्रेसमार्फत टिकटकको वेबसाइट बन्द गरे पनि कतिपय प्रयोगकर्ताले फ्रि भिपिएन र ओपन डीएनएस मार्फत टिकटक चलाउने गरेको पाइएको’ बताएका छन् । 

मन्त्रालयले त्यस्ता फ्रि भिपिएन र ओपन डीएनएसको प्रयोग गर्दा व्यक्तिगत डेटा चोरी हुने, मालवेयर क्रियाकलाप बढ्ने, गोपनीयता सुरक्षित नहुने, इमेल अकाउन्ट ह्याक हुने, इन्टरनेट स्पिड घट्न जाने, बैंक खाताबाट पैसा चोरी हुने, कसैको ब्ल्याकमेलमा परिनेजस्ता जोखिम बढ्ने भएकाले ती नेटवर्क प्रयोग नगर्न अनुरोध गरेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.