भुटानी शरणार्थी प्रकरण : उच्च अदालतमा दायर रिट हेर्दाहेर्दैमा

मंसिर ५, २०८० |कान्तिपुर टीभी संवाददाता
भुटानी शरणार्थी प्रकरण : उच्च अदालतमा दायर रिट हेर्दाहेर्दैमा

ललितपुर । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको निर्णयविरुद्ध उच्च अदालत पाटनमा दायर रिट हेर्दाहेर्दैमा राखिएको छ । ४ महिनापछि आज सुरु भएको सुनुवाइ भोलिका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलको इजलासमा आजदेखि निरन्तर सुनुवाइ राखिएको हो । काठमाडौं जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा अभियुक्तहरूलाई पुर्पक्षका लागि थुनामै राख्ने आदेश दिएको थियो । 

जिल्लाको आदेश त्रुटिपूर्ण भएको दाबीसहित पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, निलम्बित सचिव टेकनारायण पाण्डेलगायत उच्च अदालत पुगेका हुन् ।

रिट निवेदकसमेत रहेका प्रतिवादीहरूका तर्फबाट करिब ६५ जनाले बहसका लागि आफ्नो वकालतनामा बुझाएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.