उच्च अदालतमा ६ मुख्य न्यायाधीश सिफारिस (नामसहित)

मंसिर ५, २०८० |कान्तिपुर टीभी संवाददाता
उच्च अदालतमा ६ मुख्य न्यायाधीश सिफारिस (नामसहित)

काठमाडौं । न्याय परिषद्ले उच्च अदालतमा ६ मुख्य न्यायाधीश सिफारिस गरेको छ ।

परिषद्का अध्यक्ष तथा प्रधानन्यायायधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा मंगलबार बसेको बैठकले उच्च अदालतका रिक्त रहेका पदमा ६ मुख्य न्यायाधीशमा सिफारिस गरेको हो ।

जसअनुसार लोहितचन्द्र शाहलाई उच्च अदालत सुर्खेत, माधवप्रसाद पोखरेल उच्च अदालत पोखरा, रमेशप्रसाद राजभण्डारी उच्च अदालत विराटनगर, श्रीकान्त पौडेल उच्च अदालत जनकपुर, नित्यानन्द पाण्डे उच्च अदालत तुलसीपुर र शान्ति सिंह थापा उच्च अदालत दिपायलमा नियुक्तिका लागि सिफारिस भएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.