तीन प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

मंसिर ५, २०८० |कान्तिपुर टीभी संवाददाता
तीन प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

फाइल तस्बिर

काठमाडौं । हाल देशको पहाडी भूभागमा आंशिक बदली भई बाँकी भू-भागको मौसम सामान्यत: सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ ।

आज दिउँसो आंशिक बदली भई कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। देशका बाँकी भूभागको मौसम सामान्यत: सफा रहनेछ।

राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात हुने महाशाखाले जनाएको छ । बाँकी भूभागको मौसम आंशिक बदलीदेखि सामान्यत: सफा रहनेछ।

हिमपात र चिसो मौसमका कारण देशभरिको तापक्रम क्रमिक रूपमा घटिरहेको महाशाखाले जनाएको छ । महाशाखाले चिसोबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

भोलि (बुधबार) कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागसहित देशको केही स्थानको मौसम बदली हुने महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। 

राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली भई देशको बाँकी भूभागको मौसम सामान्यत: सफा रहनेछ। 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.